birat ribon

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

Neuro
चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

सिरहा १३ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारबाट पाँच दिनलाई सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा गरिएको छ ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहर सुरु भएपछि पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको बताए । वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख लामाले जानकारी दिए ।

यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै न्यानो लुगा कम्बल, सिरकलगायतका सामग्री वितरण गर्दै आएका छन् ।

cura insider
jackson ribon