birat ribon

यसरी बच्न सकिन्छ चिसोमा हृदयघातबाट

Neuro
यसरी बच्न सकिन्छ चिसोमा हृदयघातबाट

विराटनगर १३ पुस । जाडो सुरु भएसंगै हृदयाघातसम्बन्धी घटना बढ्ने गर्छ । हृदयाघात एक्कासी देखापर्ने समस्या हो ।

अन्य मौसममा भन्दा जाडोको समयमा चिसोका कारण रगतको सर्कुलेसन राम्रोसंग हुन नसक्दा हृदयाघातको संभावना धेरै हुन्छ ।

cura insider

अधिकांश मानिसहरूले लक्षण नै थाहा नपाउने हुँदा धेरैले हृदयघातको कारण चिसो मौसममा ज्यान गुमाउने गर्छन् ।

श्वास फेर्न असजिलो हुने, भर्‍याङ चढ्दा स्वाँस्वाँ हुने, उकालो हिँड्दा, चिसो मौसममा पनि पसिना बढी आउने, निमोनियाको लक्षण जस्तै छातीको बीच भागमा दुख्ने, शरीर आलस्य हुने, वान्ता आउने, खाना मन नलाग्ने भयो भने हृदयाघातको लक्षण भएको बुझिन्छ । यस्ता लक्षणहरू देखा पर्न साथ सकेसम्म छिटै चिकित्सकलाई देखाउन जानु पर्छ ।

साथै, चिसोको मौसममा छाती गह्रौं हुने, बारम्बार हातखुट्टा झम्झमायो भने सतर्क रहनु पर्छ । सकेसम्म चिसोको समयमा बिहान, हावा चलेको बेलामा घरबाहिर निस्किनु हुँदैन ।

धुम्रपान गर्नु झन् घातक हुन सक्छ । चुरोट तान्दा धुवाँसँगै चिसो हावा पनि भित्र जाने हुँदा यसले सोझै मुटुमा असर गरि हृदयाघातको जोखिम बढाउँछ ।

बिहानै उठेर खाली पेटमा चिसो पानी पिउनु हुँदैन । जाडोमा धेरै खाना रुच्ने हुन्छ, यस्तो मा धेरै मात्रामा कार्बोहाइड्रेट भएको खानेकुराले मोटोपना बढाएर हृदयाघातको जोखिम बढाउँछ ।

कार्बोहाइड्रेड, माछामासु कम खाएर फलफूल, हरियो तरकारीको सेवन गरि शरीरलाई न्यानो राखी तातो झोलिलो पदार्थको सेवन गर्नु पर्छ ।

jackson ribon