birat ribon

पत्रपत्रिकामा देश : एमसीसीमा नेकपा लचिलो

Neuro
पत्रपत्रिकामा देश : एमसीसीमा नेकपा लचिलो

विराटनगर १३ पुस । सत्तारुढ नेकपाले विकास र सहयोग सम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने संकेत दिएको छ ।

स्थायी समिति बैठकपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले केन्द्रीय नेताहरुलाई जारी गरेको गोप्य अन्तरपार्टी निर्देशिका ३ मा एमसीसीप्रति नेकपा लचक देखिएको अन्नपूर्ण पोष्टले मुख्य खबर छापेको छ ।

cura insider

सर्कुलरमा छलफल र प्राप्त तथ्यले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अधीनस्थ नभएको देखिएको उल्लेख छ । अमेरिकी सहयोग लिन हुन्छ कि हुन्न भन्ने विषयमा बैठकमा गम्भीर छलफल भएको र प्राप्त तथ्यले एमसीसी इन्डो प्यासेफिक रणनीतिको अधीनस्थ छैन भन्ने देखाएको छ निर्देशनमा उल्लेख छ ।

तथापि बैठकले समग्र्र पक्ष बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सचिवालयलाई दिएको छ ।

हिमागृहमा पनि यतिको आँखा शिर्षकमा नागरिक दैनिकमा खबर छ । यति होल्डिङ्स प्रालिलाई गोकर्ण रिसोर्टको लिज अवधि थपसँगै हिमागृहसम्बन्धि पुरानो निर्णय कार्यान्वयनका लागि फेरी चलखेल सुरु भएको छ ।

अहिले माथिको आदेश भन्दै त्यही निर्णय कार्यान्वयनको लागि ट्रष्टका उच्च अधिकारीहरु नै लागिपरेका छन् ।

पूर्वराजपरिवारको नामबाट नेपाल ट्रष्टको नाममा आएको फेवाताल किनारमै रहेको १० रोपनी ४ आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतिलाई दिन चलखेल सुरु भएको हो ।

सरकारको चाहानामा ८ बैसाख २०७३ समै आङछिरिङ शेर्पाको स्वमित्व रहेको यति समूहलाई रिसोर्ट बनाउन भाडामा दिने निर्णय भएको थियो । त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

तर हिमागृह व्यवसायीलाई दिन नहुने भन्दै पोखरेलीहरुले विरोध गरिरहेको समाचार पनि नागरिक दैनिकमा छ । पोखराको रत्न मन्दिर र हिमागृहलाई खुला संग्राहलयको रुपमा विकास गर्नु पर्ने उनीहरुको माग छ ।

मालिक खोज्दै किसान काठमाडौंमा शिर्षकमा कान्तिपुर दैनिकले उखु किसान आन्दोलन गर्न राजधानीमा भेला भएको समाचार छापेको छ ।

बक्यौता उठाउन अन्नपूर्ण सुगर मिलका साहू खोज्दै सर्लाही र रौतहटका किसान एक सातादेखि राजधानीमा छन् ।

jackson ribon