birat ribon

रुसले जोड्यो आवाजभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र

Neuro
रुसले जोड्यो आवाजभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र

मस्को १२ पुस । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे गोप्य राखिएको छ । तर रूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेको थियो ।

cura insider

रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्ने तथा यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको जनाएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको शुक्रबार सोवा जडान गरिएपछि सञ्चारकर्मीलाई बताए ।

ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असम्भव हुने दाबी गरिएको छ । रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको बताए ।

jackson ribon