birat ribon

सोमालियामा शक्तिशाली विस्फोट : ७६ जनाको मृत्यु

Neuro
सोमालियामा शक्तिशाली विस्फोट : ७६ जनाको मृत्यु

मोगादिसु १२ पुस । सोमालियाको राजधानी मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका छन् । शनिबार भएको घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ ।

विष्फोट सोमालियाको राजधानी सहर मोगादिसुको दक्षिणपश्चिमको चोकमा भएको होे । सुरक्षा जाँचका लागि खडा गरिएको अस्थायी सुरक्षा पोस्ट र कर कार्यालयसमेत रहेको स्थानमा भएको विष्फोटमा धेरै जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।

cura insider

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको र घाइतेमध्ये दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप बढ्न सक्ने यहाँको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा कारका टुक्राहरू मात्र रहेका सामाजिक सञ्जाल तथा टेलिभिजनमार्फत सार्वजनिक दृष्यहरूमा देख्न सकिन्छ भने सुरक्षाकर्मीहरूले घटनास्थल बरपरका क्षेत्रमा आक्रमणकारी लुकेका हुनसक्ने आशङ्कामा उनीहरूको खोजी गरिरहेको छ ।

मोगादिसुमा विद्रोही अल साबाब इस्लामिक समूहले पटकपटक आक्रमण गर्दै आएको छ । शनिबार भएको आक्रमण अल कायदाको सहयोगी सङ्गठनक अल साबाब इस्लामिक लडाकूले गराएको हो ।

प्रहरीका अनुसार घटनामा विद्यार्थी तथा टर्कीबाट सडक निर्माणका लागि खटिएका श्रमिक तथा केही इन्जिनियरहरूसमेत परेका छन् ।

jackson ribon