birat ribon

शेयर बजार : सातामा झण्डै तीन अर्बको कारोवार

Neuro
शेयर बजार : सातामा   झण्डै तीन अर्बको कारोवार


काठमाडौं, १२ पुस । पछिल्लो एकसातामा शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भएको छ ।

साताभर विभिन्न चार कम्पनीनको शेयर नेप्सेमा सूचीकृत भए । कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३९८ कित्ता शेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५७३ कित्ता शेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३१९ कित्ता शेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित शेयर कूल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस

cura insider
jackson ribon