birat ribon

मध्यरातमा महिला अनुयायीलाई सिद्धबाबाको म्यासेज : मैले मौका दिएको बेला चुप किन ?

Neuro
मध्यरातमा महिला अनुयायीलाई सिद्धबाबाको म्यासेज : मैले मौका दिएको बेला चुप किन ?

विराटनगर, १२ पुस । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचारका लागि भन्दै विराट नर्सिङहोममा छन् । एक महिना अघि अस्पताल भर्ना भएका गिरीले प्रहरी हिरासतमा बस्नुपर्ने समय अवधी अस्पतालको सैय्याबाटै कटाए ।

गिरी विरुद्ध बिहीबार सरकारी वकिलको कार्यालयले अभियाेग पेस गरेपछि जिल्ला अदालतले शुक्रबार बयान लिएको थियो । अदालतमा इन्कारी बयान दिएका गिरीको थुनकेछ बहस आइतबारबाट सुरु हुनेछ ।

cura insider

१६ मंसिरमा पक्राउ परेका गिरीको कल डिटेल अध्ययन गर्दा प्रहरीले बारम्बार महिला अनुयायीलाई फोन र म्यासेज गरी भेट्न बोलाउने गरेकाे तथ्य फेला पारेको छ ।

सुनसरी जिल्ला अदालतमा पेस गरिएकाे अभियोग पत्रमा गिरीले पीडित भनिएकी महिलालाई पनि मध्यरातमा म्यासेज पठाएको उल्लेख छ ।

काठमाडाैं बसाेबास गर्दै आएकी महिलालाई चतरा आएकाे बेला गत कात्तिक ४ गते राति म्यासेज गरी आश्रममा बोलाएका थिए । पहिले देखि नै भेट्ने इच्छा व्यक्त गरेकी महिलालाई राति १२ बजे गिरीले ‘हेल्लो मैले मौका दिएको बेला चुप किन् ?’ भन्दै माबाइलमा म्यासेज पठाएका छन् ।

सोही दिन राति करिब ११ः३० बजेसम्म भजनकिर्तन भएको थियो । किर्तनपछि अनुयायीहरु आफ्नो आश्रममा गए । सत्संग(किर्तन) सकिएपछि गिरीले महिला अनुयायीलाई फेसबुक म्यासेञ्जरमा फोन र म्यासेज गरेका थिए । तर महिलाले नउठाएपछि उनले मोबाइल नम्बरमा म्यासेज लेखेका हुन् ।

म्यसेज पाएपछि भने महिला सिद्धबाबालाई भेट्न गएकी थिइन् । महिलालाई सिद्धबबा बस्दै आएकाे कुटीसम्म पूर्याउने काम अर्की महिला अनुयायीले नै गरेकी थिइन् ।

साेही समयमा सिद्धबाबाले आफ्नो आश्रमको बैठक कोठामा महिलामाथि जवरजस्ती करणी गरेकाे अभियाेग पत्रमा उल्लेख छ । प्रतिकार गर्न खोज्दा गिरीले कुटपिट गरेका गिरीले करणीपछि कसैलाई सुनाए अनिष्ट हुन्छ भन्दै धम्की दिएकाे अदालतमा दायर गरेकाे अभियाेगमा उल्लेख छ।

गिरीले महिलालाई मात्र होइन आश्रममा आउने र बस्ने अन्य महिलालाई मध्यरातमा म्यासेज पठाउने गरेका थिए । गिरीले प्रयोग गर्ने ९८५२०२५८८५ नम्बरको मोबाइल नम्बरबाट अन्य अनुयायीलाई मध्यरातमा आफ्नो आश्रममा बोलाएको म्यासेजकाे विवरण पनि अदालतमा पेस भएकाे छ ।

१८ र १९ अक्टोबर २०१९ मा सिद्धबाबाले आश्रममा बस्दै आएकी एक महिला अनुयायीले प्रयोग गर्ने एनसेल मोबाइलबाट ‘नानु आउ नुःनु गरौन, नानी काली भुण्टी आउ नुनु गरौ’ लेखिएको म्यासेज पठाइएकाे छ ।

आफूलाई जगतगुर बताउने गिरीले ६ महिना अघि त्रिदण्ड धारण गरेका थिए । हिन्दु संस्कारमा त्रिदण्ड प्रतिको उच्च सम्मान छ । त्रिदण्ड धारण गरेको व्यक्तीले स्त्री, आगो र पैसादेखि टाढै बस्नुपर्ने मान्यता छ । स्त्रीको प्रतिमालाई भुलबस छाेइएपनि तीन दिन उपाशना बस्नुपर्ने मान्यता छ । तर सिद्धबाबाले भने स्त्रीबाट टाढा नभएको तथ्य उनले प्रयोग गर्ने मोबाइलको कल र म्यासेजको डिटेलले नै देखाएको छ ।
त्यो केटीलाई चुप गरा !

गिरीले एक अनुयायीलाई मोबाइलमा म्यासेज पठाएर केटीलाई चुप गराउन साधुहरु परिचालन गर्न भनेका छन् । सिद्धबाबाले अनुयायीलाई पठाएको म्यासेजमा ‘त्यो केटीलाई चुप गरा, साधुहरुको आवाज आएन, उनीहरुलाई पनि बोल्न लगाउनु ’ लेखिएको छ । कल डिटेलमा म्यासेज पठाएको देखिएपनि प्रहरीले यो विषयमा भने अनुसन्धान गरेको छैन् ।

गिरीकाे बयान : म माेबाइल बाेक्दिन !

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आफूले कहिलै माेबाइल नबाेक्ने बयान दिएका छन् । उनले आफ्नाे फाेन र सामाजिक सञ्जाल सहयाेगीहरूले चलाउने गरेकाे भन्दै कसैलाई फाेन र म्यासेज नगरेकाे बताएका छन् । गिरीले आफू त्रिदण्ड धारण गरेकाे ब्रम्हचारी भएकाले महिलालाइ समुहमा मात्र भेट दिने गरेकाे बयान दिएका छन् । आफूलाइ फसाउने सडयन्त्र भएकाे उल्लेख गर्दै उनले महिलालाइ एक्लै कहिलै नभेटेकाे दाबि गरेका छन् ।

jackson ribon