birat ribon

उपत्यकाको तापक्रम ०.६ डिग्री

Neuro
उपत्यकाको तापक्रम ०.६ डिग्री

काठमाडौं,१२ पुस । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । शनिबार मापन गरेको काठमाडौंको तापक्रम यो वर्षको कम तापक्रम हो ।

शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताए ।

cura insider

आज दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुगेको थियो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ ।

त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुङ्गाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ । रासस

jackson ribon