birat ribon

पीपीएलको उपाधि चितवनलाई, विराटनगर उपविजेता

Neuro
पीपीएलको उपाधि चितवनलाई, विराटनगर उपविजेता

पोखरा,१२ पुस । चितवन राइनोजले दाेस्राे संस्करणकाे नमस्ते पोखरा प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

cura insider

२०३ रनको लक्ष्य पछ्याएको बिराटनगर निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनमा समेटिएको थियो । जितसँगै चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेको छ ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

शुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि विराटनगरका लागि पर्याप्त भएन् ।

चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिए ।

चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरे । मुस्ताफाले ४३ बलमा ५० रन जोड्नुभयो भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिए ।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान पारस खड्काले ११ बलमा २५ रनको योगदान दिए । विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई-दुई तथा किशोर महतोले एक विकेट लिए ।

चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।

jackson ribon