birat ribon

विप्लव समुहकाे मेची–कोशी इञ्चार्जसहित चार पक्राउ

Neuro
विप्लव समुहकाे मेची–कोशी इञ्चार्जसहित चार पक्राउ

विराटनगर, १२ पुस । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका चार शीर्ष नेता पक्राउ परेका छन् । विप्लव समुहको मेची–कोसी इन्चार्ज उमा भूजेलसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समुहका मोरङ इन्चार्ज नरेश चौलागाइँ मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल र क्षतिज पौडेल पनि पक्राउ परेका हुन ।

cura insider

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका नरेश चौलागाई र क्षितिज पौडेललाई मोरङको पथरशनिश्चरेबाट पक्राउ गरेको हो । उमा भूजेल र सुमनसिंह भुजेललाई सुनसरीको चकरघट्टीबाट पक्राउ गरेको हो ।

विप्लव समुहका चारजना नेताले शुक्रबारमात्र आत्मसमर्पण गरेका थिए । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामीमगरले आत्मसमर्पण गरेका हुन् ।

jackson ribon