birat ribon

पत्रपत्रिकामा प्रदेश : पुरा होला धरानको विमानस्थल ?

Neuro
पत्रपत्रिकामा प्रदेश : पुरा होला धरानको विमानस्थल ?

विराटनगर १२ पुस । धरान १७ मा एयरपोर्ट बनाउने भन्दै चैत्र २०६० मा यती एयरलाइन्सलाई घोपाडाँडाको जग्गा बेचेका थिए । नेपालमा कानूनले निजी क्षेत्रले विमास्थल बनाउन पाउँदैन् ।

तर झुटो प्रचार गर्दै यती इन्कार्पाेरेटले प्रतिकठ्ठा ३० हजार रुपैयाँमा लिएको जग्गा सरकारलाई २० लाखसम्मका दरले बेच्ने तयारी गरिरहेको छ । राजा ज्ञानेन्द्रको हातमा शासन सत्ता भएको बेला डाँडाघोपाका स्थनीयले झुटो प्रलोभनमा परेर यती समूहलाई जग्गा बेचेका थिए ।

cura insider

तत्कालीन पर्यटनमन्त्री कृपाशुर शेर्पाले नागरिक उड्डयन प्राधिकरणलाई विमानस्थल बनाउन वातावरणीय प्रभाव मूल्यांकन गर्न (ईआईए) गराएका थिए । तर प्राधिकरणको प्राविधिक टोलीले घोपाडाँडामा विमास्थल बनाउन सम्भव नहुने निष्कर्ष निकालेको थियो ।

धरानमा विगतमा केही अध्ययन भएको र प्राविधिक हिसाबले धरानमा विमानस्थल बनाउन सम्भव नभएको उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । यो समाचार ब्लाष्ट टाइम्समा छ ।

कान्तिपुर दैनिकले प्रदेश १ पृष्ठमा चियाबारी घुम्ने कि हिउँ खेल्ने ? शिर्षकमा मुख्य समाचार छापेको छ । प्रदेश १ मा पनि पर्यटन वर्षमा विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको छ ।

विराटनगर स्थित सहीद रंगाशालामा विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गरिने छ । १ वर्षमा ५ लाख पर्यटक ल्याउने गरी प्रदेश सरकारले तयारी थालेको हो ।

उद्घोष दैनिकमा ट्यांकर अपहरण काण्ड नक्कली ढुवानीकर्तालाई साढे ३८ लाख जरिवाना शिर्षकमा मुख्य समाचार छ ।

झण्डै डेढ महिना अघि हराएको भनिएको ट्यांकरमा भएको २० हजार लिटर डिजेलको क्षतिपुर्ती ढुवानीकर्ता राजेशकुमार गुप्ताबाट असुल गरिने निर्णय भएको छ ।

सिरहाको लहानबाट नाटकीयशैलीमा हराएको ट्यांकर चालक र ढुवानीकर्ताका सहयोगीकै मिलोमतोमा अपहरणको नाटक गरी बाटोबाटै चोरी गरी बेचेको पत्तालागेपछि ढुवानीकर्ताबाटै क्षतिपुर्ति भराउने निर्णय भएको नेपाल आयल निगमका प्रदेश १ कार्यालय प्रमुख अशोक साहले बताए ।

jackson ribon