birat ribon

श्रीमतीको ‘प्यार प्यार’, सन्तानको ‘प्यार’

Neuro
श्रीमतीको ‘प्यार प्यार’, सन्तानको ‘प्यार’
माधव काफ्ले, विराटनगर

बिहान सबेरै रघु मण्डल सिटी सफारी लिएर बजारतिर लाग्यो । पुसको महिना हुस्सु, असाध्यै चिसो । रघुले लगाएको ट्र्याकले नथाम्ने । प्रायः काखीमा च्यातिएको स्वीटर लगाउने उसले आज भने त्यहीमाथिबाट एउटा थोत्रो ज्याकेट भिरेको छ । त्यो ज्याकेट पनि पुष्पाकी आमाले दिएको । पुष्पा, उहीँ बालिका हुन्, जसलाई स्कूल पुर्‍याउने ठेक्का लिएको छ रघुले ।

बिहान ८ बजे पुष्पाको घर गएर गेटबाट चिच्याउने र पुष्पाको झोला सफारीमा झुण्ड्याएर स्कूलसम्म पुर्‍याउने । यसवापत उसले मासिक एक हजार पाउँछ । तर, महिना मर्नुभन्दा अगाडि नै ऊ माग्न पुग्छ । पुष्पाकी आमा रिसाउँछिन् । तर, रिसाउँदै भएपनि दिन्छिन् । नमागोस् पनि कसरी, किस्तावाला घरमै आइपुग्छ ।

cura insider

रघु एक धनी पत्निकी पति हो । अझ सजिलो रूपमा भन्नुपर्दा ऊ ‘घरज्वाइँ’ हो, गाउँको मुखियाको । मुखियाकी छोरी सरिता, उसकी प्रिय पत्नि । तर, पत्नि धनी भएर के गर्नु उसले सफारी नचलाइ बेलुकाको एक–दुई बोत्तल र शितन खान धौधौ हुन्छ । अझ, सफारी लिएको किस्ता तिर्न धौधौ हुन्छ । रघुले सफारी लिनुको कारण भने खासै केही छैन । सासू र बुढीको दिन–दिनैको किचलोका कारण उसले ३ महिनाअघि मात्र सफारी लिएको हो । तर, धनी नै भएपनि उसकी पत्नि सरिता र सासूले रघुलाई हेर्दैनन् ।

पहिला त सरिताले उसलाई किचकिच नभएर माया नै गर्थिन् । सरिताकै ढिपीका कारण विवाहमा बाँधिएको हो । मुखियाकैमा काम गर्दा रघु र सरिताको मिलन भएको हो । रघु त सरितासँग नजिकिन चाहँदैन थियो । पढाइ कम भएपनि ‘बुझ्झकी’ चिनिने ऊ सरितासँग प्रेम गर्नबाट डराउँथ्यो । तर, सरिताले उसलाई प्रेम गरी । सरिताले आफ्नो प्रेमबारे बाबुलाई कुरा गरी र सजिलै रघुसँग घरजम गरी । सरिताको बाबुले पनि रघु भलाद्मी भएका कारण सहजै स्वीकारेका थिए रघु र सरिताको प्रेम ।

बिहेपछि केही वर्ष त रघु र सरिताको माया शिखरमै छोउन्जेल बढ्यो । त्यहीँ मायामा छोरोले जन्म लिएको थियो । छोरो जन्मिएर हुर्किँदै गएपछि सरिताको माया अरु कसैमा सरेको छ । छोरो हुर्किँदै गएपछि उसले पाउने माया अरु कसैले पाएको छ । माया छोरोमा सरेको होइन, माया त गाउँकै एक युवा आयूषमा सरेको हो । आयूष गाउँकै आवरा केटाहरूको ‘टिम लिडर’ हो । रघुले आयूष र सरितालाई धेरैपटक संगै भेटेको छ । यतिमात्र नभएर उसले सरिता र आयूषको ‘रासलीला’बारे गाउँका धेरैको मुखबाट सुनेको छ ।

तर ऊ बाध्य छ सरितासँगको सम्बन्ध टिकाइराख्न । दस वर्षको छोरोले बाबुभन्दा आमाको सामिप्यता चाहन्छ । छोरो रघुको नभएर सरिताकै कुरा सुन्छ र मान्छ । रघुलाई छोराले बुझ्दैन, किनकी बेलुका सफारी थन्क्याएर कोठामा आइपुग्दा रघुको खुट्टा ठेगानमा हुन्न । धेरैपटक रघुले छोरालाई घर छोडेर कतै जाम भनेर भनिसकेको छ, तर जवाफमा छोरोले आफ्नो खुट्टाको ठेगान नदेख्ने तपाईंले मलाई कुन ठेगानमा राख्नु होला भनेर जवाफ दिन्छ ।

रघु एक्लै जान सक्दैन । छोरो पनि साथ जान मान्दैन । यसै दोधारमा त ऊ बेलुका–बेलुका भट्टी पुग्छ र एक–दुई बोत्तल लगाउँछ । फेरि खुट्टा ठेगानमा नराखी घर फर्किन्छ । यसरी नै बितिरहेका छन् उसका दिनहरू । बिहानदेखि बेलुकासम्म सफारीमा कुद्ने र बेलुका भट्टीमा । एक दिन त छोरोलाई चित्त बुझाउँछु भन्दै बोत्तल समाउँछ । र, रित्याउँछ ।

jackson ribon