birat ribon

गोलरक्षकले रातो कार्ड पाएपछि वुल्भससँग साविकको विजेता सिटी स्तब्ध

Neuro
गोलरक्षकले रातो कार्ड पाएपछि वुल्भससँग साविकको विजेता सिटी स्तब्ध

विराटनगर, १२ पुस । इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेष्टर सिटी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा वुल्भससँग सिटी ३–२ गोलले स्तब्ध भएको हो ।

वुल्भसकै मैदानमा भएको उक्त खेलमा सिटीले सुरुआती अग्रता बनाएको थियो । तर, घरेलु टोलीले सिटीको अग्रता उल्टाउँदै जित निकाल्यो । खेलको १२औं मिनेटमा सिटी १० खेलाडीमा सीमित भएको थियो । सिटीका गोलरक्षक इडर्सन सन्टाना डी मोराइसले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएका थिए ।

cura insider

खेलको २५औं मिनेटमा रहीम स्टर्लिङको गोलमा सिटीले सुरुआती अग्रता बनायो । फेरि खेलको ५०औं मिनेटमा स्टर्लिङले नै गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए । तर, खेलको ५५औं मिनेटमा वुल्भसका अदामा ट्राओरेले गोल गर्दै वुल्भसलाइ खेलमा फर्काउने कोशिश गरे ।

यस्तै खेलको ८२औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । त्यसपछि खेलको ८९औं मिनेटमा माट्ट दोहेर्टीले गोल गर्दै वुल्भसलाई ३–२ गोलले जिताए ।

यस जितसँगै पाँचौं स्थानको वुल्भसले १९ खेलबाट २३ अंक बनाएको छ भने सिटीसँग ३८ अंक छ । सिटी लिगको तेस्रो स्थानमा छ । पहिलो स्थानमा लिभरपुल छ भने दोस्रो स्थानमा लेइस्टर सिटी छ ।

jackson ribon