birat ribon

नाइजिरियामा एघार इसाई बन्धकहरुको हत्या

Neuro
नाइजिरियामा एघार इसाई बन्धकहरुको हत्या

नाइजेरिया ११ पुस । जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ । हत्यालाई पुष्टि गर्न आईएसले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको थियो ।

cura insider

आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला स्वरुप हत्या गरेको जनाएको छ । भिडियोमा देखाइएका पिडितहरुको विषयमा केही खुलाइएको छैन् । आईएसको ‘समाचार संस्था’ अमाकले ५६ सेकेन्डको भिडियो जारी गरेको हो । हत्या गरिएकामा सबै पुरुष छन् ।

आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ । भिडियो बिहीबार सार्वजनिक भएको हो । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडियो सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् ।

भिडियो ठेगाना नखुलाइएको खुला इलाकामा खिचिएको छ । जसमा एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर धारिलो हतियारले काटेर हत्या गरिएको छ ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएको करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ’प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो ।

jackson ribon