birat ribon

पतिले छुरा प्रहार गर्दा पत्नीको मृत्यु

Neuro
पतिले छुरा प्रहार गर्दा पत्नीको मृत्यु

झापा ११ पुस । झापामा पतिले छुरा प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका ६ का ३९ वर्षीया फङके किस्कु मुर्मुको पतिले छुरा प्रहार गर्दा मृत्यु भएको हो ।

भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका ६ मा रहेको धानको काँटामा काम गर्दै आएका ४० वर्षीय शंकर भन्ने बुधराम मुर्मूले घरायसी विवादमा पत्नी फङकेलाई छुरा हानेका थिए ।

cura insider

बिहीबार राती घरायस विवादमा उनले हानेको छुरा प्रहारबाट फङके गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । छुरा प्रहार गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

jackson ribon