birat ribon

अदालत भित्र बयान, बाहिर पक्ष विपक्षमा नाराबाजी

Neuro
अदालत भित्र बयान, बाहिर पक्ष विपक्षमा नाराबाजी

विराटनगर ११ पुस । अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको अनुसन्धान प्रतिवेदन अदालतमा पेश हुने जानकारी पाएपछि शुक्रबार बिहानैदेखि जिल्ला अदालत सुनसरी अगाडि चहलपहल थियो ।

cura insider

अदालतमा बयान हुने जानकारी पाएपछि पुसको जाडोमा सुनसरी र बाहिरबाट अनुयायी र महिला अधिकारकर्मीहरु इनरुवा पुगेका थिए । प्रहरीको कडा सुरक्षाकाबीच गिरीलाई अदालतमा उपस्थीत गराएपछि सुरु भयो ‘सिद्धबाबा मुर्दाबाद र जिन्दाबाद’को नारा ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको बन्द इजलासमा बयान चलिरहँदा अदालत परिसर बाहिर भने सिद्धबाबाका अनुयायीले पक्ष र महिला अधिकारकर्मीले विपक्षमा नाराबाजी गरिरहे ।

प्रवेशद्वारको दायाँ सिद्धबाबाका अनुयायीहरुले ‘सिद्धबाबा विश्वको शान ः सीताराम सीताराम’ भन्दै नारा लगाउँदा अधिकारकर्मीहरुले भने बलात्कारी बाबालाई कारवाही गर भन्दै नाराबाजी गरे ।

ब्यानरसहित उपस्थित भएका दुई समुहलाई रोक्न ठूलो समुहमा प्रहरी परिचालन गरिएको थियो । अदालतमा बयान चलिरहँदा अदालत परिसर बाहिर भएको नाराबाजी हेर्न सर्बसाधरणको भीड लागेको थियो ।

सिद्धबाबाको शुक्रबार बयान सकिएपछि आइतबारबाट मुद्दामा थुनछेक बहस सुरु हुने अदालतले जानकारी दिएको छ । बहसपछि सिद्धबाबा पूर्पक्षका लागि छुट्ने वा कारागार चलान हुने भन्ने आदेश आउनेछ ।

बहसका लागि महिलाको पक्षमा चारजना सरकारीसहित ६ जना वकिलले बहस गर्नेछन् । कृष्णबहादुर गिरीको तर्फबाट पाँचजना कानुन व्यावसायीले बहस गर्नेछन् ।

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीलाई ७–१० वर्ष कैदको सजाय माग गरेको छ । मूलुकी अपराध संहिता, २०७४को दफा २१९ को ३(ङ) बमोजिम ७ देखि १० वर्ष कैद सजाय माग गरिएको हो ।

jackson ribon