birat ribon

काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा चौध जनाको मृत्यु

Neuro
काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा चौध जनाको मृत्यु

काजकिस्तान ११ पुस । काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी १४ जना भन्दा बढीको मृत्यु भएको छ ।
१ सय जना बढी यात्री लिएर उडेको काजख एललाईन्सको विमान उडेको केहीबेरमै दुर्घटना भएको हो ।

अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ । दुर्घटनामा परेका ६० जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ । तिनमध्ये केही बालबालिका पनि छन् ।

cura insider

विमान अलमाटी शहरबाट राजधानी सहर नुर सुल्तानतर्फ उडेको थियो । स्थानीय समयानुसार बिहान ७ः०५ बजे विमान उडेको र ७ः २२ मा दुर्घटना भएको जनाइएको छ ।

उडेको केहीबेरमै विमान दुई तले भवनमा ठोक्किएपनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन् । आगो नलागेकाले धेरै यात्रु जिवितै रहेका छन् ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने अधिकारीहरुले जानकारी दिएका छन् ।

jackson ribon