birat ribon

चिनियाँ चलचित्र महोत्सव सुरु

Neuro
चिनियाँ चलचित्र महोत्सव सुरु

काठमाडौं ११ पुस । शुक्रबारदेखि काठमाडौंमा चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ ।

शुक्रबार उद्घाटनमा जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशाल सैन्य परेड २०१९ समारोहको झलक प्रस्तुत देखाइएको थियो ।

cura insider

नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वल्र्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवमा शनिबार कुमारी चलचित्रघरमा चाङ यिमोयुद्वारा निर्देशित ‘ग्रेटवाल’ चलचित्र प्रस्तुत गरिने छ । चलचित्र यही पुस २१ गते पोखरामा प्रस्तुत गरिने छ । २४ गते लुम्बिनीमा ‘सैन्य परेड २०१९’र ‘स्वेन चाङ’ प्रस्तुत गरिने छ ।

महोत्सव उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुद्धभद्र, भृकुटी, स्रङचङ गम्पो, भृकुटी, अरनिको र पद्मसंभवलगायतले अघि बढाएको नेपाल चीनबीचको सम्बन्ध हिमाल जस्तै अटल र नदी जस्तै गतिशील भएको बताए ।

उनले विश्वशान्ति, भ्रातृत्व र बन्धुत्वका लागि नेपाल र चीन एकै ठाउँमा उभिएको बताए । उनले नेपालका लागि चिनियाँ राजदूत हौ यान्कीले नेपालको प्रचारप्रसार गरिरहेकामा धन्यवाद दिँदै नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी चिनियाँहरु नेपाल ल्याउनका लागि आग्रह गरे ।

चिनियाँ राजदूत हौले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध निकै उचाइमा पुगेको बताइन् । उनले चिनियाँहरुलाई नेपाल आउन र नेपालीहरुलाई चीन गएर ज्ञान हासिल गर्न आग्रह गरिन् ।

jackson ribon