birat ribon

प्रदेश १ का २ सय युवा विराटनगरमा भेला हुने

Neuro
प्रदेश १ का २ सय युवा विराटनगरमा भेला हुने

रंगेली ११ पुस । विराटनगरमा १८ देखि ३० वर्ष उमेर समुहका २ सय जना युवा भेला हुने भएका छन् ।
नेपाल युवा परिषद र परिवर्तनको लागि हाम्रो अभियानले प्रदेश १ का युवाहरुलाई विराटनगरमा भेला गराउन लागेको हो ।

पुस १३ र १४ दुई दिने आवसीय भेलामा युवा सम्बन्धि विभिन्न विषयमा छलफल र प्रस्तुति हुने आयोजकले जनाएको छ ।

cura insider

विराटनगरमा पत्रकार सम्मेलन गरि उद्यमशीलता, नेत्ृत्व, पर्यटन, दिगोविकास लक्ष्य, वातावरण र जलवायु परिवर्तन र सुनचना प्रविधि मुख्य विषय रहको जानकारी दिइयो ।

युवालाई स्थानीय, आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा ल्याउने उद्देश्य सहित सम्मेलनको आयोजना गर्दै आएको परिषदका केन्द्रीय सदस्य भीमबहादुर साउदले बताए ।

सम्मेलनमा देशका विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहेका युवाहरुले प्रस्तुती गर्ने कार्यक्रम रहेको परिवर्तनका लागि हातेमालो अभियानका अध्यक्ष मकर बुढाथोकीले बताए ।

सम्मेलनमा आयोजनामा ८ लाख बढी खर्च हुने अनुमान रहेको अभियानका सचिव अशोक अधिकारीले बताए । सम्मेलनका लागि आयोजकले प्रदेश १ सरकारका मन्त्रालय, स्थानीय सरकार, उद्योगी व्यवसायीसँग सहयोग लिएको उनले जानकारी दिए ।

jackson ribon