राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रदेश एकका युवालाई तालिम


रंगेली १२ पुस । राष्ट्रिय बाणिज्य बैंकले प्रदेश १ का युवाहरुलाई रोजगारीमुलक तालिम प्रदान गर्ने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले व्यवस्थापनमा संकायको स्नातक र स्नत्तकोत्तरका विद्यार्थीलाई तालिम दिन लागेको हो । बैंकले तालिममा सहभागी हुन चाहने प्रदेश १ को नागरिक हुने पर्ने सर्त राखेको छ ।

‘करर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तरगत युवाहरुलाई रोजागर उन्मुख तीन दिने तालीम दिन लागिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले बताए ।


तालिममा प्रदेश १ का ५० जना युवालाई सहभागी गराईने बैंकका मार्केटिङ प्रमुख कमलेश ठाकुरले बताए । काम गर्नेले तालिममा भागलिन नपाउने उनले बताए । तालिमको लागि आवेदन भर्ने लागायतका सबै काम अनलाईनमार्फत हुने उनले जनकारी दिए ।

विराटनगरमा आयोजना हुने तालिम २५ देखि २७ पुससम्म सञ्चालन गरिने बैंकले जनाएको छ । बैकले कार्यमलाई ‘आर बि बि इम्पावरमेन्ट एकेडेमी’ नाम दिएको छ । तालिममा युवालाई बैंकिङ् करियरमा आवश्यक पर्ने सबै प्रकारका ज्ञान दिने नायव कार्यकारी अधिकृत लम्सालले बताए ।

विद्यार्थीलाई भविष्यमा कुनै पनि बैंकमा काम गर्न सक्ने आत्माविश्वास निर्माण गर्ने तालिमले सहयोग गर्ने उनले बताए । तालिमपश्चात युवा विद्यार्थीलाई बैंक भित्र प्रवेश गर्न सहज हुने उनको भनाइ छ ।

तालीमको विषयमा राष्ट्रिय बाणिज्य बैंक प्रदेश १ कार्यालय विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । तालिममा सहभागीले तीन महिना ‘पे इन्टर्नसीप’ गर्न पाउने बताइएको छ ।

Loading...