birat ribon

कृष्णदासको बयान सकियो, आइतबारबाट बहस हुने

Neuro
कृष्णदासको बयान सकियो, आइतबारबाट बहस हुने

दश वर्ष सजायको माग

विराटनगर, ११ पुस । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान शुक्रबार सकिएको छ । सरकारी वकिलको कार्यालयले बिहिबार अभियोग पत्रसहित मिसिल बुझाएपछि शुक्रबार बयान सकिएको हो ।

cura insider

जिल्ला न्यायाधिस राधाकृष्ण उप्रेतीको इजलासमा गिरीले बयान दिएका थिए । बयान पछि गिरीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उनलाई भने उपचारका लागि विराट नर्सिङहोममा नै लगिएको छ ।

सिद्धबाबाको मुद्दामा गिरी पक्षबाट  सराेज गिरी, माेहन काेइराला, रूपेश काेइराला डा. रमेश पराजुलीले बहस गर्नेछन् । महिलाको पक्षमा  सरकारी वकिल गाेकुल निराैला, अनिल रेग्मी निराजन अाेझासहित ६ जनाले बहस गर्नेछन् ।

७– १० वर्ष सजाय माग

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीलाई ७–१० वर्ष कैदको सजाय माग गरिएको छ । मूलुकी अपराध संहिता, २०७४को दफा २१९ को ३(ङ) बमोजिम कैद सजाय माग गरिएको छ । गिरीलाई ७ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।

jackson ribon