birat ribon

स-साना हेलचेक्राइले कमजोर बन्छ मस्तिष्क

Neuro
स-साना हेलचेक्राइले कमजोर बन्छ मस्तिष्क

विराटनगर ११ पुस । मानिसको उमेर बढेसँगै स्मरण शक्तिमा कमी आउनुलाई सामान्य रुपमा लिइन्छ ।

cura insider

तर, युवा अवस्थामा नै दिमाग कमजोर हुने समस्या देखा पर्दै छ भने शरीरमा गम्भिर रोग भएको वा हामीले दैनिक गरिने कार्य नमिलेको बुझ्न सकिन्छ ।

दैनिक गर्ने सामान्य बानी व्यवहारका कारण मस्तिष्कलाई नराम्रो असर पर्छ । साना साना कार्यबाट उत्पन्न भएको विभिन्न समस्याहरूले भविष्यमा दुख दिन सक्ने कुरा अधिकांश मानिसहरूलाई थाहा हुँदैन ।

दिनदिनै बढ्दै गएको लापरवाहीका कारणले उत्पन्न भएको समस्यालाई सामान्य मानेर बेवास्ता गर्दा भविष्यमा दिमागमा नराम्रो असर पर्ने, मानिस पागल समेत हुन सक्ने अनुसन्धानबाट देखिएको छ ।

राती समयमा नसुत्ने, कम्युटर, ल्यापट तथा मोबाइलमा व्यस्त हुने, अस्वस्थ्य खानपान, व्यस्त जीवनशैली, धेरै काम, काम तथा विभिन्न कुराहरूको तनाव, अनिन्द्राको समस्या तथा अल्छिपनले गर्दा मानव मस्तिष्क कम्जोर भइरहेको छ ।

पर्याप्त निन्द्रा पुग्दा शरीरका साथै दिमागलाई पनि आराम मिल्ने हुदा शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनका लागिन ७ देखि ८ घण्टासम्म निन्द्रा पुग्ने गरि सुत्न जरुरी हुन्छ । निन्द्रा नपुगेको दिन दिमागले राम्रो काम गर्न सक्दैन ।

दिनभरीको भागदौड र कामका कारण व्यस्तता तथा तनावले गर्दा समयमा स्वास्थ्य खाना नाखादा पनि दिमागमा असर पर्छ । खाली पेट दिमागले काम गर्न सक्दैन् र धेरै खाना खाँदा पनि दिमागले काम गर्न सक्दैन ।

त्यसैले, समयमा ठिक्क मात्रामा स्वास्थ्य खानेकुरा र प्रसस्त पानी पिउनु पर्छ । शरीरमा पर्याप्त मात्रामा पानी नभएको खण्डमा दिमागमा तेज हुदैन । अल्छी गर्ने मानिसले दिमागलाई प्रयोग गर्दैन त्यसैले, अल्छी मानिसको दिमाग कम रचनात्मक हुन जान्छ । दिनभरीको थकान र तनाबका कारण दिमागलाई प्रत्यक्ष असर पर्ने हुदा तनावबाट मुक्त भएर बस्नु पर्छ ।

लामो समयसम्म एक्लै बस्ने बानीले, निरन्तर काम गर्दा दिमागलाई असर गर्छ । त्यसैले, समय समयमा छुट्टि लिएर साथीभाई संग रमाइलो समय बिताएर विभिन्न नयाँ ठाउँहरू पनि घुम्नु पर्छ ।

लामो समय कानमा ईयरफोन र हेडसेट प्रयोग गर्नाले कानलाई हानि गर्नुका साथै हाम्रो दिमागमा पनि असर गर्छ । धेरै बेरसम्म इयरफोनको प्रयोग गर्नाले दिमागको टिशुज नोक्सान हुन गइ मस्तिस्क सम्बन्धि विभिन्न रोग समेत लाग्ने डर रहन्छ ।

धुम्रपान, मदिरापान तथा सुर्ती जन्य पदार्थको सेवन पनि दिमागका लागि पनि हानिकारक हुन्छ । यस्ता पदार्थको सेवनले आयुलाई छोट्याउका साथै दिमागको शक्तिलाई पनि छोट्याएर कमजोर बनाउछ ।

jackson ribon