birat ribon

१० खेलाडीमा सीमित पुलिसले निकाल्यो पहिलो जित

Neuro
१० खेलाडीमा सीमित पुलिसले निकाल्यो पहिलो जित

काठमाडौं, ११ पुस । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । शुक्रबार भएको दोस्रो खेलमा पुलिसले सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गर्दै प्रतियोगिताअन्तर्गत पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पुलिस १० खेलाडीमा सीमित भएको थियो ।

cura insider

दोस्रो हाफमा दुई गोल गरेको हो । उसका लागि सुमन लामा र भोला सिलवालले समान एक-एक गोल गरे । यससँगै उसले पहिलो जित निकाल्यो । पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो । अब पुलिससँग ४ अंक छ ।

jackson ribon