birat ribon

रियल जानबाट रोक्न पीएसजीले दियो एम्बाप्पेलाई बम्पर अफर

Neuro
रियल जानबाट रोक्न पीएसजीले दियो एम्बाप्पेलाई बम्पर अफर

एजेन्सी, ११ पुस । पछिल्लो समय फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवास्टार किलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा छ । रियलले पनि विश्वकप विजेता एम्बाप्पेलाई ल्याउन लागिपरिरहेको बताइएको छ ।

fa

तर, यसै चर्चाका बीच पीएसजीले भने आफ्ना स्टार खेलाडी ला लिगा क्लब जानबाट रोक्नका लागि बम्पर अफर गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । खबरका अनुसार एम्बाप्पेलाई लामो समयसम्म क्लबमै राख्ने उद्देश्यले पीएसजीले ठूलो अफर गरेको हो ।

cura insider

फ्रान्सेली मिडियाहरूका अनुसार लिग वान च्याम्पियन क्लब पीएसजीले एम्बाप्पेलाई थप ५ वर्ष क्लबमा राख्न ३२ मिलियन पाउण्डबराबरको पारिश्रमिकसहितको अफर गरेको छ । यो सिजन लिग वानमा ११ गोल गरेका एम्बाप्पलाई पीएसजीले क्लबमै राख्न यस्तो अफर गरेको बताइएको छ ।

jackson ribon