birat ribon

काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जाको मृत्यु, पाँच घाइते

Neuro
काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जाको मृत्यु, पाँच घाइते

हेटौँडा, ११ पुस । काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक भएको उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

cura insider
jackson ribon