birat ribon

५४ औँ वर्षमा सलमान, पार्टीमा साहरुखदेखि कट्रिनासम्म (भिडियोसहित)

Neuro
५४ औँ वर्षमा सलमान, पार्टीमा साहरुखदेखि कट्रिनासम्म (भिडियोसहित)

विराटनगर, ११ पुस । बलिउडलका सुपरस्टार सलमान खान आज ५४औँ वर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो ५४औँ जन्मदिन घरपरिवार तथा साथीभाइका साथ भव्य तरिकाले मनाएका छन् ।

सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका नायक सलमान खान आजको समयमा बलिउडका सवैभन्दा सफल अभिनेताको रूपमा चिनिन्छन् । उनको जन्मदिनको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका हुन् । सार्वजनिक गरिएको भिडियोमा सलमानले आफ्नो भतिजालाई काखमा राखेर केक काटिरहेको देख्न सकिन्छ ।

cura insider

जन्मदिनको पार्टी सलमानका भाइ सोहेलले आयोजना गरेका थिए । पार्टीमा सलमानका परिवार र बलिउडका चर्चित कलाकारहरू उपस्थित भएका थिए । सलमानको जन्मदिनमा अभिनेता साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हालगायतका बलिउड कलाकार पुगेका छन् ।

सलमानको जन्मदिनको अवसरमा उनलाई उनका फ्यान, आफन्त र बलिउडकर्मीले शुभकामना दिनेक्रम जारी रहेको छ । अहिले उनको अभिनय रहेको फिल्म ‘दबंग ३’ प्रदर्शनमा छ र फिल्म सय करोड क्लबमा प्रवेश गरिसकेको छ ।

https://www.instagram.com/p/B6i9vZighGz/?utm_source=ig_web_copy_link

jackson ribon