birat ribon

प्रधानमन्त्री ओली डायलाइसिसका लागि अस्पतालमा

Neuro
प्रधानमन्त्री ओली डायलाइसिसका लागि अस्पतालमा

काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् । शुक्रबार बिहान उनी डायलासिसका लागि अस्पताल पुगेका हुन् ।

asf

बिहान ९ बजे सेन्टरमा पुगेका उनको अहिले पनि डायासिस जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । १२ वर्षअघि भारतको मेदान्त अस्पतालमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको पहिलोपटक कात्तिक १३ र १४ गते गरेर दुई पटक डायलासिस गरिएको थियो । त्यसयता उनको हप्तामा तीन पटकसम्म डायालासिस गरिँदै आएको छ।

cura insider
jackson ribon