birat ribon

जाडोमा परफ्युमको प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ

Neuro
जाडोमा परफ्युमको प्रयोग गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ

विराटनगर, ११ पुस । गर्मिमा पसिना अत्यधिक आउने हुँदा परफ्युमको प्रयोग गरिन्छ । तर, जाडोमा मानिसहरू चिसोका कारण समय समयमा नुहाउन नसक्दा शरीर गनाउने हुँदा अत्यधिक परफ्युमको प्रयोग गर्छन् ।

झन् पसिना गन्हाउने मानिसहरूको लागि परफ्युम नभइ हुँदैन । शरीरमा आउने गन्ध तथा पुराना र धुन नभ्याएका कपडाबाट आउने दुर्गन्धलाई कम गर्नका लागि परफ्युमको प्रयोग गरिन्छ । बजारमा विभिन्न ब्रान्डका वास्नादार परफ्युमहरू सजिलै साथ उपलब्ध छन् । शरीर नगनाओस् भनेर मानिसहरू परफ्युम तथा बडी स्प्रेलाई काखी, जिउ, नाडी, कान, गलामा छर्ने गर्दा धेरैबेर बास्ना आउने धारणा छ ।

cura insider

तर, परफ्युमलाई शरीरको जुनपायो त्यहीँ अंगमा लगाउँदा शरीरमा नकारात्मक असर पर्छ । धेरै प्रकारको केमिकल राखेर बनाइएको परफ्युमको प्रयोग घातक हुन सक्छ । परफ्युमलाई कहिले पनि सिधै काखीमूनी र प्राइभेट पार्टको छेउछाउ प्रयोग गर्नुहुँदैन । यस्ता ठाउँहरूको छाला संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने, पोल्ने हुनुका साथै इन्फेक्सन भएर सानु सानु घाउ, खटिरा पनि आउन सक्छ ।

त्यस्तै परफ्युमलाई कानको पछाडि र कपालमा प्रयोग गर्नु हुँदैन । परफ्युममा धेरै मात्रामा अल्कोहलको प्रयोग भएको हुन्छ जसले गर्दा छाला र कपाल सुख्खा भएर समस्या निम्त्याउँछ । लगाउने कपडा गनाएको खण्डमा कपडामा परफ्युम लगाउने गर्छौं । तर, यसरी कपडामा परफ्युमको प्रयोगले उक्त कपडामा खराबी आउने गर्छ र लुगा छिट्टै च्यातिने गर्छ ।

परफ्युम सुख्खा भन्दा पनि चिल्लो छालामा धेरै बेर टिक्ने हुन्छ । त्यसैले, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि शरीरको कुनै पनि ठाउँमा परफ्युम लगाउनु अगाडि उक्त ठाउँमा मोस्चराइजरको प्रयोग गर्न सुरु गर्नुपर्छ ।

jackson ribon