birat ribon

इब्राहिमोभिक मिलान फर्किने

Neuro
इब्राहिमोभिक मिलान फर्किने

एजेन्सी, ११ पुस । स्वीडेनका फुटबलर जाल्टन इब्राहिमोभिक इटालियन फुटबल क्लब एसी मिलान फर्किने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार एलए ग्यालेक्सीबाट बिदा लिएका उनले फेरि मिलानबाट खेल्ने भएका हुन् ।

ds

आफ्नो करिअरमा स्पेनिस, फ्रेन्च, इटालियन र इंग्लिस क्लबहरूबाट खेलिसकेका उनले अब फेरि सिरी ‘ए’ खेल्ने छन् । ३८ वर्षीय इब्राहिमोभिचले एसी मिलानसँग सहमति जनाइसकेको स्काइ स्पोर्ट्स इटालीयाले जनाएको छ ।

cura insider

स्काई स्टालिया ट्रान्सफर गुरु डी मार्जियोका अनुसार इब्राहिमोभिकले मिलानसगको सम्झौतामा ‘ओके’ भन्दै सहमति जनाएका छन् । उनका अनुसार आज रातिसम्ममा वा भोलिमै यो सम्झौताका विषयमा मिलानले आधिकारिक जानकारी दिनेछ ।

आयाक्समा ३ वर्ष खेलेका उनले २ वर्ष युभेन्टसबाट खेलेका थिए । त्यसपछि ३ वर्ष इन्टर मिलानमा खेल्दै उनी बार्सिलोना गएका थिए । बार्सिलोनामा २ वर्ष खेलेका उनी २०१० मा लोनामा मिलान आएका थिए ।

त्यसपछि उनको यात्रा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनतर्फ लम्किएको थियो । पीएसजीमा ४ वर्ष खेलेका उनी त्यसपछि म्यानचेष्टर युनाइटेड हुँदै एलए ग्यालेक्सी गएका थिए ।

jackson ribon