birat ribon

फ्राइडे रिलिज : आजबाट हलमा अक्षय र करीनाको ‘गूड न्यूज’

Neuro
फ्राइडे रिलिज : आजबाट हलमा अक्षय र करीनाको ‘गूड न्यूज’

विराटनगर, ११ पुस । फ्राइडे रिलिजअन्तर्गत आज पुस ११ गतेका एउटा मात्र फिल्म प्रदर्शनमा आएको छ । हलमा अबलिउडका चर्चित अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपुरको फिल्म ‘गुड न्यूज’ रिलिज भएको छ ।

sdaf

गत साता वर्षकै प्रतीक्षित बलिउड फिल्म ‘दबंग ३’ का कारण यो साता पनि कुनै नेपाली फिल्म रिलजमा आएनन् । फिल्मबाट अक्षयले आफ्ना फ्यानहरूलाई न्यू ईयरको उपहार दिँदैछन् । फिल्ममा अक्षय र करीनाका साथ कियारा आडवाणी र दिलजीत दोसांझको मुख्य भूमिका छ ।

cura insider

सरोगेसीमा आधारित रहेको फिल्मको कथालाई कमेडी शैलीमा तयार पारिएको छ । सन्तानको अपेक्षामा रहेका २ जोडीको कथालाई राज मेहत्ताको निर्देशन गरेका छन् । एक फरक कथामा तयार भएको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा राखेको निर्माण टिमको अपेक्षा रहेको छ ।

ज्योती कपुरको कथा तथा पटकथा रहेको फिल्मलाई धर्मा प्रोडक्शनले निर्माण गरेको हो । अक्षय र करीनाले ‘कमबख्त इश्क’ पछि झण्डै ९ वर्षपछि एकसाथ काम गरेका हुन् ।

jackson ribon