birat ribon

सभामुख चयनमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक स्थगित

Neuro
सभामुख चयनमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, ११ पुस । सभामुख चयनमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गतेसम्मका लागि स्थगन भएको छ ।

आज दिउँसो १ बजेका लागि निर्धाति बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्काे बैठक निर्धारण गरेको जनाइएको छ ।

cura insider

संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएपछि सभामुख पद हाल रिक्त छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते प्रारम्भ भएको थियो ।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विधेयक अधिवेशनको पहिलो दिनको बैठकको अध्यक्षता गरेकी थिइन् । नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो ।

अधिवेशनमा यसअघिका २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् । रासस

jackson ribon