birat ribon

भरत र टेकबहादुरको गोलमा शेर्पामाथि आर्मीको जित

Neuro
भरत र टेकबहादुरको गोलमा शेर्पामाथि आर्मीको जित

काठमाडौं, ११ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मीले सहज जित निकालेको छ । शुक्रबार भएको पहिलो खेलमा आर्मीले हिमालयन शेर्पामाथि २–० गोलको जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको उक्त खेलमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले समान एक–एक गोल गरे ।

cura insider

खेलको दोस्रो हाफको ६०औँ मिनेटमा हिमालयन शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले गोल गरेका थिए । त्यसैगरी खेलको ६४औँ मिनेटमा टेकबहादुरले आर्मीका लागि विजयी गोल गरे । खेलमा आर्मीका भरत खवास म्यान अफ दि म्याच चुनिए ।

यससँगै आर्मीले यस प्रतियोगितामा दोस्रो जित निकाल्यो । यसअघि आर्मीले पहिलो खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा मनाङमर्स्याङदी क्लबसँग १–० ले पराजित भएको थियो ।

जितसँगै आर्मीले तीन खेलमा छ अङ्क जोड्दै लिगेको तेस्रो स्थानमा उक्लिएको छ । यता, पराजित हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । शेर्पा लिगको १० औँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।
–––

jackson ribon