birat ribon

फ्रस्टेसन हुँदा यसो गर्नुहोस्

Neuro
फ्रस्टेसन हुँदा यसो गर्नुहोस्

विराटनगर, ११ पुस । जीवनमा हुने विभिन्न घटना जस्ता पढाइमा असफलता, बेरोजगारी, काममा असफलता, प्रेममा धोका, घर परिवारको तनाबका कारणले प्रायः मानिस फ्रस्टेसनमा जाने गर्छन् । विशेषगरी १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका मानिसहरू अत्यधिक फ्रस्टेसनबाट पीडित हुने पाइन्छ । जसमध्ये १५ देखि २० प्रतिशत मानिसहरूले जिन्दगीसँग हार मानेर आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

वैज्ञानिकरूका अनुसार पुरुषभन्दा महिलामा बढी फ्रस्टेसन हुने देखाएको छ । विनाकारण रिस उठिरहने, ध्यान केन्द्रित गर्न नसक्ने, मन खुसी नहुने, बोल्न मन नलाग्ने, आत्मविश्वासमा कमी आउने, शरीर भारी हुने, दुखिरहने, सुतिरहन मन लाग्ने, अध्याँरोमा बस्न मनपराउने, साथीहरू तथा आफन्तसँग पनि भेट्न मन नलाग्ने फ्रस्टेसनमा जानुका केही लक्षण हुन् ।

cura insider

फ्रस्टेसनमा गएमा मानिसलाई खान मन नलाग्ने, पेटको समस्या हुने, नकारात्मक सोच आउने, एक्लो भएको महशूस गर्ने, जिन्दगीमा केही इच्छा, खुसी नभएको सोच आउने र यो अवस्थामा गम्भीर हुन गएमा मानिसले आत्महत्या गर्न सक्छन् । एउटै कुराले लगातार दुई हप्ता वा त्योभन्दा बढी मन दुखित बनाउँछ भने सामान्य रूपमा लिनु हुँदैन र आफ्नो मनलाई खुसी राख्ने उपायहरू खोज्न थाल्नुपर्छ ।

केही समस्याले दुःख दिइरहेको छ भने उक्त समस्याको बारेमा आफ्नो परिवार, आफन्त तथा सिाथीभाइसँग खुलेर कुरा गर्नुपर्छ । खाली समयमा आफूलाई व्यस्त राख्नका लागि गीत सुन्ने, किताब पढ्ने, घुम्न जाने, आफ्नो खानपान तथा शरीरमा धयान दिने, समयमा सुत्ने र दुःखलाई भुलेर सकारात्मक कुरामा ध्यान केन्द्रित गर्ने बानी बसाउनुपर्छ ।

यति गर्दा पनि आफूमा केही परिवर्तन नआएको, वा अझै नकारात्मक कुराहरूले दुःख दिइरहेमा चिकित्सककोमा जानुपर्छ । साइकोथेरापी, औषधिको सेवन, तथा ध्यानले पनि यस्ता समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

jackson ribon