birat ribon

ममा कुनै कमी छैन, म बौद्धिक छु : रोनाल्डो

Neuro
ममा कुनै कमी छैन, म बौद्धिक छु : रोनाल्डो

एजेन्सी, ११ पुस । पोर्चुगलका कप्तान क्रिस्टिायानो रोनाल्डोले युरो कप जित्दाको क्षण एक खुलासा गरेका छन् । ‘डीएजेडएन’सँगको अन्तर्वार्ताका क्रममा ३४ वर्षीय रोनाल्डोले सन् २०१६ को युरो कपको उपाधि जित्दाको क्षणबारे बोलेका हुन् ।

dfsh

उनले युरो कपको ट्रफी आफ्ना लागि विशेष रहेको बताएका छन् । ‘युरो कपको ट्रफी मेरो लागि करिअरकै महत्त्वपूर्ण ट्रफी हो’, उनले भन, ‘सो ट्रफी जित्दा म हाँसेको थिएँ, रुएको थिएँ र थोरै मातेको पनि थिएँ । खेल सकिएपछि म बेस्सरी रुएको थिएँ । पछि सेलिब्रेसनका क्रममा मैले थोरै रक्सी पनि पिएको थिएँ ।’

cura insider

आफ्नो लागि ट्रफी जित्दाको क्षण विशेष रहेको रोनाल्डोको भनाइ छ । ‘म कहिले रक्सी पिउँदिन तर त्यतिबेला मैले एक ग्लास पिएँ,’ उनले थपे, ‘किनकी त्यो पल मेरा लागि विशेष थियो ।’ रोनाल्डोको टोली पोर्चुगलले फ्रान्सलाई १–० गोलले हराउँदै युरो कप जितेको थियो । फ्रान्समै भएको उक्त खेलमा पोर्चुगललाई जिताउन इडरले निर्णायक गोल गरेका थिए ।

यसैगरी रोनाल्डोले आफूमा केही कमी नभएको बताए । ‘म बौद्धिक छु,’ उनले भने, ‘ममा केही कमी छैन । म सधैं व्यवसायीक हुँ ।’ आफ्नो चर्चित ‘सी’ सेलिब्रेनका विषयमा पनि रोनाल्डोले बताए । उनले रियल मड्रिडबाट आफ्नो सी सेलिब्रेसनको सुरुआत भएको उनको भनाइ छ ।

‘मैले रियलमा छँदा सी सेलिब्रेसन सुरु गरेँ । तर, यो प्राकृतिक थियो, यो कसरी भयो मलाई थाहा छैन । राम्रो कुरा प्रायगरी प्राकृतिक रूपमा नै सुरुआत हुन्छ ।’

jackson ribon