birat ribon

२०७७ को दशैंमा ‘छक्का पञ्जा ४’ आउने पक्का

Neuro
२०७७ को दशैंमा ‘छक्का पञ्जा ४’ आउने पक्का

विराटनगर, ११ पुस । ‘छक्का पञ्जा ४’ बन्ने पक्का भएको छ । वि.सं २०७७ सालको दशैंको फूलपातिमा प्रदर्शन मिति तय गर्दै फिल्म ‘छक्का पञ्जा ४’को घोषणा गरिएको छ ।

‘छक्का पञ्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र टिमले फेरि ‘छक्का पञ्जा’कै सिरिजलाई निरन्तरता दिँदै निर्माता, लेखक तथा कलाकार दीपकराजले ‘छक्का पञ्जा ४’ निर्माण गर्न लागेको जानकारी दिएका छन् । अरु ब्यानरसँग सहकार्य गरेर चलचित्र बनाउने काम अगाडि बढाएका थियौं तर, सफल हुन नसकेपछि फेरि पनि आफ्नै ब्यानरमा फिल्म ‘छक्का पञ्जा ४’ बनाउने तयारीमा लागेको दीपकले थपे ।

cura insider

दीपकका अनुसार, दीपाश्री निरौलाले नै निर्देशन गर्ने फिल्ममा अहिले कथा लेख्ने काम सुरु भएको छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ भने फिल्मको मुख्य अभिनेत्री पनि केही समयमा नै फाइनल हुने भएको छ ।

काठमाण्डौमा जीजीए ग्रुप र रीच इन्टरटेन्मेन्टले वितरण गर्ने ‘छक्का पञ्जा ४’लाई सिरिज भन्दा पनि सिक्वेलको रूपमा अगाडि बढाउने तयारीमा छौँ । नेपाली चलचित्रको इतिहासमै सर्वाधिक ग्रस कलेक्शन गर्ने रेकर्ड ‘छक्का पञ्जा’का ३ वटा सिरिजले राखेको हुँदा ‘छक्का पञ्जा ३’को कथा जहाँ सकिएको थियो, ‘छक्का पञ्जा ४’को कथा त्यहीँबाट सुरु हुनेछ ।

jackson ribon