birat ribon

जिदान र रियल मड्रिडको विषयमा यसो भन्छन् कुबो

Neuro
जिदान र रियल मड्रिडको विषयमा यसो भन्छन् कुबो

एजेन्सी, ११ पुस । जापानीज युवा खेलाडी टेकफुसा कुबोले आफूलाई रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो सिजन क्लबमै बसोस् भन्ने चाहेको बताए छन् । जापानकै एक टिभीसँगको कुराकानीका क्रममा बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कुबोले यस्तो बताएका हुन् ।

१८ वर्षीय कुबो यसै सिजन रियलबाट लोनमा रियल मल्लोर्का गएका हुन् । सन् २०१९ मै रियलमा भित्रिएपनि अपेक्षाअनुरुपको मौका नपाएपछि उनी मल्लोर्का गएको बताइन्छ । यस्तैमा उनले प्रशिक्षक जिदानले आफूलाई रियलमै बसेको हेर्न चाहेको बताए ।

cura insider

‘केही समयअघि उत्तर अमेरिकाको टुर सकिएपछि जिदानले मलाई यस सिजन रियल मड्रिडमै रहन भनेका थिए,’ उनले भने, ‘तर मैले उनलाई भनेको थिएँ कि नियमित खेल खेल्न पाएँ भने मात्र रियलमै रहन्छु, खासै मौका नपाएपछि लोनमा आएको हुँ ।’

यसैगरी कुबोले रियलमा छँदा आफूमा आत्मबल बढेको बताए । उनले भने, ‘म रियलको पहिलो सेसनमा डराएको थिएँ र आफ्नो आत्मबल गुमाएको थिएँ । तर, बिस्तारै मैले आफ्ना सहकर्मीसँग अभ्यास गर्दैजाँदा आत्मबल बढेको थियो ।’

jackson ribon