birat ribon

अदालतअगाडि सिद्धबाबा पक्ष र महिला पक्षद्वारा नाराबाजी (तस्बिरहरू)

Neuro
अदालतअगाडि सिद्धबाबा पक्ष र महिला पक्षद्वारा नाराबाजी (तस्बिरहरू)

इनरुवा, ११ पुस । जिल्ला अदालत सुनसरीअगाडि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीका पक्ष र महिला पक्षले नाराबाजी गरेका छन् । सिद्धबाबाविरुद्ध मुद्दा अदालतमा पेस भएपछि शुक्रबार अदालत पुर्‍याइएका सिद्धबाबाको पक्षमा र सिद्धबाबाबाट बलात्कृत भनिएकी महिलाका पक्षले नाराबाजी गरेका हुन् ।

महिलाका पक्षमा महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका छन् । बलात्कारी कृष्णदासलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरूले मौन धर्नासमेत सुरु गरेका छन् ।

cura insider

यता, सिद्धबाबाका पक्षमा पनि नाराबाजी भइरहेको छ । ‘जगतगुरु रामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महोयोगी, सिद्धबाबाको जय’ लेखिएको फ्लेक्स बोकेर सिद्धबाबाको पक्षमा नाराबाजी भइरहेको छ ।

१६ मंसिरमा पक्राउ परेका गिरीविरुद्ध बिहीबार जिल्ला अदालत सुनसरीमा जबर्जस्तीकरणी मुद्दा पेस भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माका अनुसार बिहीबार सरकारी वकिलको कार्यालयले दर्ता गराएको मुद्दामा दस वर्ष कैद सजायको माग दाबी गरिएको छ । आजबाट थुनछेक बहस सुरु भएको छ ।

४ कात्तिक २०७६ मा बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई पक्राउ गरेको थियो । बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थप भएको थियो ।

२० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौ पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गराएको थियो ।

jackson ribon