birat ribon

जाडोमा पनि सन्सक्रिम आवश्यक

Neuro
जाडोमा पनि सन्सक्रिम आवश्यक

विराटनगर, ११ पुस । अनुहारलाई घामको हानिकारक किरणहरूबाट बचाउनका लागि सन्सक्रिमको प्रयोग गरिन्छ । गर्मीको मौसममा घरबाट बाहिर जाँदा सन्सक्रिमको प्रयोग गर्नु अनिवार्य मानिन्छ तर, गर्मीका साथै जाडो मौसममा पनि सन्सक्रिमको प्रयोग गर्नुपर्छ ।

सन्सक्रिमको काम छालालाई सुरक्षित राख्नु हो । सन्सक्रिममा पाइने जिंक अक्साइड अथवा टिटानियम अक्साइडको प्रयोग गरिएको हुन्छ, जसले छालाभित्र नपसेर छालाको सतहमा एउटा तह बनाउँछन् जसले छालालाई सूर्यको मात्र नभएर विभिन्न हानिकारक किरणबाट बचाउने गर्छ । मेटल पार्टिकलले बनेको तह पसिनाले, मुख धुँदा तथा नुहाउँदा पानीले पखालिएर जान्छ ।

cura insider

धेरैजसो मानिसहरूलाई सूर्यको हानिकारक किरणको असरबाट छालालाई जोगाउनका लागि सन्सक्रिमको प्रयोग गरिने कुरा मात्र थाहा छ । सूर्य तथा मोबाइल, ल्यापटप र अन्य विद्युतीय ग्याजेटबाट निस्किने अल्ट्रा भ्वाइलेट किरण स्वास्थका लागि हानिकारक छन् र यस्ता किरणबाट चाया, पोतो, डण्डीफोर तथा छालासम्बन्धी अनेकौं समस्या उत्पन्न हुने हुँदा क्यान्सरसमेत हुने जोखिम रहन्छ । अल्ट्रा भ्वाइलेट किरणले आँखामा मात्र नभएर छालामा समेत हानि गर्छ ।

चिकित्सकहरूका अनुसार सन्सक्रिमको नियमित प्रयोगले छालाको क्यान्सर हुने सम्भावना निकै कम हुने बताउँदै आएका छन् । सन्सक्रिमको प्रयोगले हानिकारक किरणहरूबाट बचाएर, छालाको क्यान्सर हुनेसम्भावनालाई न्यून पार्नुका साथै बढ्दो उमेरको चाउरीपनाको लक्षणलाई ढिलो पार्छ । त्यसैले, जाडोको समयमा होस् वा गर्मी, महिला होस् वा पुरुष सन्सक्रिमको नियमित प्रयोग आवश्यक हुन्छ र क्रिम किन्दा धेरै एसपीएफ भएको र राम्रो ब्रान्डको किन्नु पर्छ ।

सन्सक्रिम किन्दा स्किन प्रोटेक्सन फ्याक्टर (एसपीएफ) मा एकदम ध्यान दिनुपर्छ । एसपीएफ जति धेरै हुन्छ, त्यो सनस्क्रिनले हानिकारक किरणहरूबाट छालालाई त्यति नै धेरै सुरक्षा दिन्छ । सन्सक्रिम किन्न जाँदा कम्तीमा ३० वा ३० भन्दा बढी एसपीएफ भएको सन्सक्रिम छान्नु पर्छ । १५ भन्दा कमको प्रयोग गर्दा लगाएको नलगाएको केही फरक हुँदैन ।

jackson ribon