birat ribon

सिद्धबाबाबाट बलात्कृत भनिएकी महिला भन्छिन् ‘कोठामा लागूऔषध राखेर फसाउने धम्की दिए’

Neuro
सिद्धबाबाबाट बलात्कृत भनिएकी महिला भन्छिन् ‘कोठामा लागूऔषध राखेर फसाउने धम्की दिए’

कोशी अनलाइन ब्यूरो
विराटनगर, ११ पुस । सुनसरी बराहक्षेत्र नगरपालिका–२ चतराधामस्थित आश्रममा बस्दै आएका आफूलाई सिद्धबाबा बताउने कृष्णदास गिरीले बलात्कारको पोल खुल्न नदिन आफूलाई अनेक धाकधम्की दिएको वादी महिलाले बताएकी छन् ।

कोशी अनलाइनको सम्पर्कमा आएकी गण्डकी प्रदेशतिर घर भएकी विवाहिता ती महिलाले कृष्णदासले आफूलाई बलात्कार गरेको उजुरी दर्ता गराउने क्रममा अनेकौं धाकधम्की दिएको उनले बताएकी छन् । उनका अनुसार बाबाबाट बलात्कार भएको घटनापछि चतराबाट उनी सोझै काठमाडौं पुगेर सबै घटना ती महिलाले श्रीमानलाई सुनाइन् ।

cura insider

श्रीमानको सहयोगमा उनी बाबाविरुद्ध किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर कार्यालयमा पुगिन् । र, त्यसपछि महान्यायाधीवक्ताको कार्यालयमा गइन् । त्यहाँ उजुरी गर्न मिल्छ भनेपछि उनले उजुरी दर्ता गराउने तयारी गर्न थालिन् । आफूलाई सिद्धपुरुष बताउने बाबा कृष्णदासविरुद्ध बलात्कारको उजुरी गराउनुपूर्व उनले आश्रमका अन्य व्यक्तिहरूलाई सहयोग गर्न आग्रह गरिन् । तर कसैले सहयोग गरेनन् । बरु उनीहरूलाई सादा पोशाकमा प्रहरी हौँ भन्ने टोलीले सताउन थाले । प्रहरी हौँ भन्ने टोली उनको डेरासम्म पुग्यो ।

लागूऔषध छ हामी खानतलासी गर्न आएका प्रहरी हौँ भन्दै पुगेकाहरू जबर्जस्ती कोठामा प्रवेश गरे । प्रहरी हुँ भन्नेहरू जबर्जस्ती कोठामा पसेपछि आफू चिच्याएको उनले बताइन् । चिच्याएपछि सादा पोशाकका प्रहरी हौँ भन्नेहरू भागे । घटना सुनाउँदै उनले भनिन्, ‘कोठामा आएकाले प्रहरी हौं, लागूऔषध राखेर फसाइदिन्छौँ सिद्धबाबाविरुद्ध नलाग् भनेर डर देखाएका थिए ।’

त्यत्ति मात्र नभएर जसरी पनि आफूलाई बेहोस बनाएर बलात्कार गर्नेविरुद्ध उजुरी गरेरै छाड्ने भएपछि उनलाई श्रीमान् र छोराछोरी बेपत्ता पर्ने धम्कीदेखि काठमाडौंमा घर गाडी र सरकारी जागिर दिने आश्वासन पनि देखाइयो । तर आफूमाथि भएको अन्यायसँग उनले सम्झौता गर्न चाहिनन् । ‘मलाई न्यायबाहेक केही चाहिएको छैन्, सिद्धबाबालाई जसरी पनि कारवाही हुनुपर्छ ।’ उनले भनिन् ।

कृष्णदास गिरीले आफूलाई कृष्ण भगवान भएको बताउँदै मनोवैज्ञानिक त्रासमा पारेर बलात्कार गरेको

योगसाधनामा सिद्धपुरुष, शास्त्रमा बेदाचार्य र वनस्पती गुणमा विद्यावारिधि हासिल गरेका डाक्टर बताउने कृष्णदास सुनसरीको वराहक्षेत्र नगरपालिका–२ चराराधामस्थित आश्रममा महायोगी सिद्धबाबा अध्यात्यामिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दार्चाय सेवापीठ नेपाल नामको मठ पनि सञ्चालन गर्दै आएका छन् । आश्रम चलाएर बसिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले आफूलाई कृष्ण भगवान भएको बताउँदै मनोवैज्ञानिक त्रासमा पारेर बलात्कार गरेको किटानी जाहेरी दिने ती महिलाको आरोप छ ।

वादी पक्षकी ती महिलाले प्रतिवादी पक्षका कृष्णदासले आफूलाई भगवान भन्दै करणी गरेको आरोप लगाएकी छन् । सुनसरी जिल्ला प्रहरीमा सिद्धबाबा कृष्णदासविरुद्ध बलात्कार आरोपको किटानी जाहेरी दर्ता भएपछि प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको छ । १६ मंसिरदेखि कृष्णदास प्रहरीको हिरासतमा अस्पतालमा छन् । उनको मुद्धा अनुसन्धान पूरा गरेर प्रहरीले शुक्रबार अदालतमा बुझाउँदैछ । अदालतमा कृष्णदासको बयान गरेर थुनछेक बहस सकिएपछि अदालतको आदेशबाट उनी तारखेमा छाडिन्छन् वा पूर्पक्षका लागि जेल जान्छन् भन्ने निधो हुनेछ ।

धर्मकर्मका लागि आश्रममा आएको बेला इच्छाविपरीत भागवानसरह मानेका बाबाले नै बलात्कार गरेपछि उनी बिरक्तिएर सप्तकोशी नदीमा हाम्फाल्न पनि गएकी थिइन् । तर छोरा–छोरीको याद आएपछि उनी फर्किइन् ।

बाबाले भगवान साक्षत्कार गराउँछु भन्दै आफूलाई बलात्कार गरेको घटना उनले आश्रमका केही महिलालाई सुनाइन् । तर अरुलाई सुनाए भक्तिभाव भत्कने भन्दै सबैले घटना चुपचाप राख्न दबाब दिए । उनले भनिन्, ‘श्रीमानलाई सुनाउँछु भन्दा पनि कसैलाई नभन्नु भनेर दबाब दिए । तर मैले श्रीमानलाई केही कुरा लुकाइँन सबै बेलिबिस्तार लगाएँ ।’

आफूलाई मनोवैज्ञानिक त्रासमा पारेर किन बलात्कार गरेको भनेर सिद्धबाबालाई प्रश्न गर्दा तपाईंलाई बुढा बच्चाको माया छैन भन्दै आफूलाई बाबाले धम्की दिएको उनले सुनाइन् ।

सपनाबारे सोध्न जाँदा बाबाले बोहोस् बनाएर बलात्कार गरेको महिलाको बयान

एक वर्षअघि आश्रममा जोडिएकी महिलालाई गिरीले बेला–बेला फेसबुक म्यासेन्जरमा फोन गरी महिलाका श्रीमानलाई समेत उनी साधनाको उच्च तहमा पुगेको भन्दै आश्रम आउनलाई नरोक्न भनेका थिए । सिद्धबाबाको भक्त भएपछि बारम्बर नराम्रा सपना देखिएपछि उनी आफूले देखेका नराम्रा सपनाबारे सोध्नका लागि केही प्रश्न तयार पारेर बाबाको आश्रममा पुगेकी थिइन् ।

‘बैठक कोठामा बोलाएर सुरुमा बाबाले गोडा माड भन्नु भयो, मैले असजिलो महशूस गरेँ । फेन चलाउनु भन्नुभयो । मैले जानिँन्,’ गत ४ कात्तिकको घटना सम्झँदै महिलाले भनिन्, ‘फेन चलाएपछि म भुइँमा बसे । कोठामा केही स्मेल आयो । उसले मेरो कुम र टाउकोमा छोयो । नराम्रो इन्टेन्शनले बोलाएको हो भन्ने सपनामा पनि सोचेको थिइन् । त्यसपछि केही याद छैन् ।’ बलात्कृत भएको थाहाँ पाएपछि आफू रोएको उनले सुनाइन् ।

आश्रमभित्र साधनाको नाममा कृष्णदास गिरीले अरु पनि केही महिला साधकहरूलाई जबर्जस्ती गरेका छन् ।

महिलाका अनुसार आश्रमभित्र साधनाको नाममा कृष्णदास गिरीले अरु पनि केही महिला साधकहरूलाई जबर्जस्ती गरेका छन् । तर उनीहरू इज्जतका डरले बाहिर आइरहेका छैनन् ।

बलात्कारको आरोप लागेपछि विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा क्याबिनमा उपचारका लागि १२ मंसिर दिउँसो भर्ना भएका कृष्णदासलाई १६ मंसिर बिहान ५ बजे सुनसरी प्रहरीले पक्राउ गरेर पहिलो पटक अदालतबाट ४ दिनको, २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचौ पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गराएको थियो ।

jackson ribon