birat ribon

डोटीमा छाउगोठ हटाउन उर्दी

Neuro
डोटीमा छाउगोठ हटाउन उर्दी

डोटी ११ पुस । छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालय डोटीले उर्दी जारी गरेको छ ।

महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । डोटीमा रहेका छाउगोठ हटाउन अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

cura insider

सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीयतहलाई पत्राचारसमेत गरेको छ । ग्रामीण क्षेत्रमा भएका छाउगोठका बारेमा समेत प्रहरी प्रशासनले तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।

छाउपडी प्रथाका कारण सुदूरपश्चिमभरिमा हालसम्म १२ भन्दा बढी महिलाको अकालमै ज्यान गइसकेको विभिन्न सङ्घ संस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्थाका कारण महिला बलात्कारको शिकार हुनेजस्ता घटना हुँदै आए पनि त्यसको रोकथामका लागि खासै पहल हुन नसकेको स्थानीयको आरोप छ ।

महिनावारी भएकी महिला घरैमा बसे घरमा अनिष्ट हुने तथा देउता रिसाउने भन्ने अन्धविश्वासका कारण डोटीका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी प्रथा कायमै रहेको केआइसिंह गाउँपालिकाका स्थानीयवासी चेतराज भट्टले बताए ।

गृह मन्त्रालयले डोटीलगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई नष्ट गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि यहाँको प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले छाउगोठ राख्ने तथा बस्न बाध्य बनाउनेका विरुद्ध सशक्तरूपमा कारवाही गर्ने बताए ।

त्यस्तै जिल्ला प्रशासनले बिहीबार निकालेको सूचनामा छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्धभत्ता, सामाजिक सुरक्षाभत्ता, सहुलियतका कर्जा) रोक्का गर्न स्थानीय तहलाई पत्राचार गर्ने जनाएको छ ।

jackson ribon