birat ribon

पत्रपत्रिकामा देश : सभामुखबारे नेकपामा अन्योल

Neuro
पत्रपत्रिकामा देश : सभामुखबारे नेकपामा अन्योल

विराटनगर ११ पुस । नयाँ सभामुख चयनको विषयमा नेकपामा दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको नयाँ सभामुख चचयन प्रक्रिया केही दिन पर धकेलिने भएको छ ।

४ पुसमा बसेको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका शुक्रबारको लागि तय गरेको थियो । नेकपाका अध्यक्षद्वयको सहमति बन्न नसकेपछि संसद् सचिवालयले सूचना टाँसेर संसद् बैठक स्थगित गर्ने तयारी गरेको छ ।

cura insider

पूर्वएमाले पक्षले पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङ र पूर्व माओवादी पक्षले स्थायी समिति सदस्य अग्नी सापकोटाको नाम अघि सारेपछि नाम टुंग्याउन दुई अध्यक्षलाई सकस परेको हो । शुक्रबारको बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्ने गरि तयार रहन राजपा सांसद महन्थ ठाकुरलाई सचिवालयले खबर गरेको थियो ।

तर उपसभामुख शिवमाया तुम्बाहाम्फेको पनि राजीनामा आएको छैन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यही समाचार सभामुख निर्वाचन अन्योलमा शिर्षकमा नागरिक दैनिकले मुख्यपृष्ठमा छापेको छ । अन्नपूर्णमा नेकपामा सभामुख पेचिलो शिर्षकमा यही समाचारलाई मुख्य समाचार बनाएको छ ।

नागरिक दैनिकमा गोकर्ण रिसोर्ट विवाद संरचना बनाउन यतीलाई थप सुविधा शिर्षकमा मुख्य खबर छ ।

सरकारले यती समूहसँग लिज सम्झौता गर्दा त्यहाँ मेगा भवन, सभाहल तथा रिसोर्टको सौन्दर्य बिगार्ने गरी एक सय भिल्ला (साना) भवन बनाउन सुविधा दिएको छ ।

नविकरण गर्दा नयाँ प्रावधान राख्न नपाइने भएपनि यतीलाई थोरै रकम लिएर धेरै सुविधा दिएपछि आर्थिक अनियमितता गरेको हो की भन्ने आशंका समेत उब्जाएको छ ।

विराटनगर जुटमिलमा लुट भएको समाचार नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । सवा अर्ब लगानी गर्ने सरकारको सेयर ४६ प्रतिशत जम्मा ५७ लाख लगानी गर्ने व्यक्तिहरुको सेयर ५४ प्रतिशत शिर्षकमा नयाँ पत्रिकामा समाचार छापिएको छ ।

मिलको सेयर गैरकानूनी रुपमा सरकारलाई अल्पमतमा पारेर जग्गासहित १६ अर्बको सम्पत्ति हडप्न खोज्ने सञ्चालक नीलहरि काफ्लेलाई दुई वर्ष कैद र वसन्त वनलाई जरिवानाको माग विराटनगर जुट मिल जाँचबुझ आयोगले गरेको छ ।

काफ्लेलाई तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले जुटमिलको अध्यक्ष बनाएका थिए । वर्तमान अध्यक्ष वसन्त वन प्रधानमन्त्रीलाई सल्लाह दिने आईटि समिति सदस्य हुन् । असोजमा प्रतिवेदन बुझाएपनि सरकार मौन रहेको छ ।

jackson ribon