birat ribon

पत्रपत्रिकामा प्रदेश : नेकपामा सुरु भयो गुटको राजनीति

Neuro
पत्रपत्रिकामा प्रदेश : नेकपामा सुरु भयो  गुटको राजनीति

विराटनगर ११ पुस । उद्घोष दैनिकमा नेकपा मोरङमा पूर्व एमालेका गुटहरु फेरी सक्रिय हुन थालेको खबर छ ।

पार्टीको संस्थापन पक्षले गुरु वरालको पुनरोदय गराउन चाहान्छ । तर अर्काे पक्ष भने नामेट भइसकेको गुरु बरालको अस्तित्व फेरी जोगाएर गुट चलाउने हो की भन्ने सशंकित छ । तर संस्थापन पक्षले गुटको कमाण्डर बनाएर गुरु बराललाई नै अगाडी बढाउन चाहेको छ ।

cura insider

पूर्व एमले हुँदा कायम रहेको कित्तामा नै गुरु बराल, नरेश पोखरेल, विनोद ढकाल, ऋषिकेश पोखरेलहरु अहिलपनि सँगै छन् । यो गुटका नेता विनोद ढकालसँग गोपी आछमीले भने राम्रै हिमचिम बढाएका छन् ।

पर्शूराम बस्नेत लगायतका यूवाहरुको समूह भने अहिले महेश रेग्मीतिर ढल्किएको छ ।

दुई वर्ष अघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सिलन्यास गरेको सुनकोशीको पुल अझै सुरु भएको छैन् ।

शुनकोशी नदीमा उदयपुर र खोटाङ जोड्ने तथा भोजपुर र उदयपुर जोड्ने पुल निर्माणको काम शिलान्यास गरेको अढाई वर्षसम्म सुरु नभएको नागरिक दैनिकमा खबर छ । ३१ भदौ २०७४ मा एकै दिन देउवाले दुई वटा मोटरेबल पुलको शिलान्यास गरेका थिए ।

२०७६ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको पुलको काम हालसम्म अघि नबढेको उदयपुरको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए ।

श्रीमती बेपत्ता भएपछि बिल्लीबाठ शिर्षकमा ब्लाष्ट टाइम्सको मुख्यपृष्ठमा खबर छ । मोरङको सुन्दरहरैँचा १० विराटचोकका लक्ष्मीकुमार गुरुङले आफूले कमाएको ७ करोड जति सम्पती बोकेर श्रीमती गंगामाया फरार भएपछि विरक्तिएका छन् । २० वर्षसम्म साउदी अरबमा काम गरेका लक्ष्मीकुमारकी श्रीमतीले भएभरको सम्पत्तिसहित फरार भएपछि कानूनी उपचारमा लागेका छन् ।

jackson ribon