birat ribon

आर्मी र हिमालयन शेर्पा भिड्दै, नेपाल पुलिस पनि प्रतिस्पर्धामा

Neuro
आर्मी र हिमालयन शेर्पा भिड्दै, नेपाल पुलिस पनि प्रतिस्पर्धामा

काठमाडौं, ११ पुस । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेल मध्याह्न १२ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे हुनेछ ।

पहिलो खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र हिमालयन शेर्पाले खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा हुनेछ । आर्मी ३ अंकसहित तालिकाको आठौं स्थानमा छ भने शेर्पा २ अंकसहित १०औं स्थानमा छ ।

cura insider

यसैगरी आजको दोस्रो खेलमा विभागीय क्लब नेपाल पुलिस र सरस्वती युवा क्लबले खेल्नेछन् । यो खेल दशरथ रंगशालामा हुनेछ । हाल पुलिस एक अंकसहित तालिकाको ११औं स्थानमा छ भने अंकविहीन सरस्वती पुछारमा छ ।

jackson ribon