birat ribon

आफ्नै मैदानमा चेल्सी पराजित

Neuro
आफ्नै मैदानमा चेल्सी पराजित

विराटनगर, ११ पुस । इंग्लिस प्रिमियर लिगमा चेल्सीले हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटननसँग २–० गोलको हार ब्यहोरेको हो ।

चेल्सीकै घरेलु मैदानमा भएको उक्त खेलमा साउथह्याम्पटनलाई जिताउन माइकल ओबाफेमी र नाथन रेडमण्डले समान एक–एक गोल गरे । खेलको ३१औं मिनेटमा ओबाफेमीको गोलमा साउथह्याम्पटनले सुरुआती अग्रता बनाएको थियो ।

cura insider

यस्तै खेलको ७३औं मिनेटमा रेडमण्डले गोल गर्दै साउथह्याम्पटनलाई २–० गोलको जित दिलाए । यससँगै १४औं स्थानको साउथह्याम्पटनले २१ अंक बनाएको छ । यता, चौथो स्थानको चेल्सीसँग ३२ अंक छ ।

jackson ribon