birat ribon

प्रिमियर लिग : युनाइटेडको सहज जित

Neuro
प्रिमियर लिग : युनाइटेडको सहज जित

विराटनगर, ११ पुस । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले न्यूकासलमाथि ४–१ गोल अन्तरको जित निकालेको हो ।

युनाइटेडकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीले न्यूकासलको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको थियो । खेलको १७औं मिनेटमा माट्टी लङस्टाफले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए ।

cura insider

यस्तै खेलको ३६औं मिनेटमा मासुन ग्रीनवूडले गोल गर्दै युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै मार्कुस राष्फोर्डले गोल गर्दै पहिलो हाफभरि युनाइटेडलाई ३–१ गोलको अग्रता बनाए । खेलको ५१औं मिनेटमा मार्सिलले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गर्दै युनाइटेडलाई ४–१ गोलको जित दिलाए ।

यससँगै लिगको सातौं स्थानको युनाइटेडले १९ खेलबाट २८ अंक बनाएको छ । यता, पराजित न्यूकासल भने २५ अंकका साथ दसौं स्थानमा छ ।

jackson ribon