birat ribon

दोस्रो स्थानको लेइस्टर सिटीमाथि लिभरपुलको शानदार जित, बनायो १३ अंकको अग्रता

Neuro
दोस्रो स्थानको लेइस्टर सिटीमाथि लिभरपुलको शानदार जित, बनायो १३ अंकको अग्रता

विराटनगर, ११ पुस । इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेको लिभरपुलले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले लेइस्टर सिटीमाथि ४–० गोलको जित निकालेको हो ।

लेइस्टरकै घरेलु मैदानमा भएको उक्त खेलमा लिभरपुललाई जिताउन रोबर्टो फिर्मन्होले २ गोल गरेभने जेम्स मिल्नर र ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले समान एक–एक गोल गरे । लिभरपुलले खेलको ३१औं मिनेटमा फिर्मिन्होको गोलमा अग्रता बनाएको थियो । यस्तै खेलको ७१औं मिनेटमा पेनाल्टीमा मिल्नरले गोल गर्दै उसको अग्रता दोब्बर बनाए ।

cura insider

त्यसको तीन मिनेट नबित्दै फिर्मिन्होले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गर्दै ३–० गोलको अग्रता बनाए । फेरि खेलको ७८औं मिनेटमा एलेक्जेन्डर–आर्नोल्डले गोल गर्दै लिभरपुललाई ४–० गोलको शानदार जित दिलाए ।

यससँगै उसले लिगमा फराकिलो अग्रता लियो । लिभरपुलले १८ खेलबाट ५२ अंक बनाउँदै १३ अंकको अग्रता लियो । पराजित लेइस्टर ३९ अंकका साथ दोस्रो स्थानमा छ । उसले १९ खेल खेलेको छ ।

jackson ribon