birat ribon

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकियो, प्रदेश १ को विराटनगरमा हुने

Neuro
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानस्थल तोकियो, प्रदेश १ को विराटनगरमा हुने

आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ८४ गरी जम्मा ३ सय ६७ जना मतदाता रहेका छन् । आयोगले बिहीबार विज्ञप्ति जारीगरी प्रदेश २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ ।

cura insider

प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ ।

प्रदेश ५ मा दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ ।

त्यसैगरी आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ । ७ वटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

jackson ribon