birat ribon

यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ जनाको मृत्यु

Neuro
यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ जनाको मृत्यु

साना, यमन, १० पुस । यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

यमनमा पछिल्ला केही महिना यता तुलनात्मक रूपमा शान्त रहेको भनिएपनि सादामा एक महिनाको अन्तरालमा तीन आक्रमण भए । इरानसँग निकट मानिने यमनी हुथी विद्रोहीको प्रभाव क्षेत्र मानिने सादामा साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको सुरक्षा आक्रमणमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीको मृत्य भएपछि विगत केही महिना सादाको अलराक्वमा ठूला झडपका घटना भएका थिएनन् ।

cura insider

बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र ५ जना यमनी नागरिक रहेको बताइएको छ । राष्ट्रसंघले घटना कसले घटाएको र आक्रमणमा कस्तो खालको हतियार प्रयोग गरिएको भन्नेबारे केही बताएको छैन ।

नोभेम्बर २२ र लगत्तै केही दिनपछि भएका दुई घटनामा परी २० जनाको मृत्यु भएको थियो भने कम्तीमा २२ जना घाइते भएका थिए । युद्धविरामको अवज्ञा गर्दै भएका घटनामा अहिलेसम्म ८९ सर्वसाधारणले ज्यान गुमाएका छन् ।

jackson ribon