birat ribon

मुआब्जा विवादले अरुण तेस्रोको प्रवेश मार्ग बन्द

Neuro
मुआब्जा विवादले अरुण तेस्रोको प्रवेश मार्ग बन्द

सङ्खुवासभा १० पुस । अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान भएको छैन् ।

सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा आयोजना निर्माणाधीन रहेको छ । छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद नमिलेको हो । विवादकै कारण स्थानीयले प्रवेश मार्ग बिहीबारदेखि अनिश्चितकालीन बन्द गरेका हुन् ।

cura insider

छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयले मुआब्जा पाएका छैनन् । काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुले बताए ।

पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए । स्थानीय, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ ।

पावर हाउसमा आउने बाँधको पानीलाई दुई वटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत पानी प्रवाह गरेर २२५–२२५ मेगावाट क्षमताको चार वटा टर्वाइन घुमाएर ९०० मेगावाट विद्युत् उत्पादन हुने छ ।

jackson ribon