birat ribon

उखुको मुल्यमा गतवर्षकै निरन्तरता

Neuro
उखुको मुल्यमा गतवर्षकै निरन्तरता

काठमाडौं १० पुस । उखुको खरिद मुल्य गतवर्षकैलाई निरन्तरता दिइने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य गत वर्षकै मुल्यलाई निरन्तरता दिएको हो । यो वर्षपनि प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको उनले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको समर्थन मूल्य आइतबार मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

cura insider

समर्थन मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई भुक्तानी गर्ने छ । मंसिर दोस्रो साता मन्त्रालयमा उद्योगी र किसान प्रतिनिधिसंग भएको छलफलमा गत वर्षकै मूल्यमा उखु खरिद र बिक्रिका लागि समझदारी बनेको मन्त्रालयको दाबी छ । कृषि मन्त्रालयले पनि उखुको सर्मथन मूल्यबारे किसान र उद्योगीसंग छलफल गरेको थियो ।

jackson ribon